ठाकुरज्यू पाटनमा अवस्थित शंख दह। यस क्षेत्रमा अनेको दहहरु रहेका छन् । तस्बिर-सरोज शाही

कर्णाली अञ्‍चल एक आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको क्षेत्र हो।सामाजिक–साँस्कृतिक पर्यटन, साहासिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र ‘भर्जिन ल्याण्ड’का रुपमा लिन सकिन्छ। तर यति धेरै सम्भावनहरू हामीसँगै भएर पनि कर्णालीका नागरिकहरू बिनाको खोजीमा भौतारीरहेको कस्तुरीझैं रुमल्लिरहेको अवस्थामा छौं। यो हुनुको मुख्यतया दुई वटा प्रमुख कारणहरू रहेको छन् । स्थानीय आफै जागरुप नहुनु र राज्य उदासिन रहनु नै हो।

तत्कालीन २२ से २४से राज्यको शक्तिशाली कणालीको राजधानीे सिंजाउपत्यका । तस्बिर-सरोज शाही

सगरमाथा–सोलु, पोखरा, चितवन र ईलाम मात्र आन्तरिक तथा वाह्य प्रर्यटकीय गन्तव्य बन्‍न गएका छन्। यस्तो हुनुमा राजनीतिक, प्रशासन, आर्थिक क्षेत्रका साथै पर्यटन उद्योग र व्यवसायमा यसक्षेत्रका नागरिकहरूको राष्ट्रिय मूलधारमा पहुँच हुनुका साथै नागरिकहरू सचेत र जागरुक देखिनु नै हो।

कर्णालीको हकमा यी माथिका विषयमा राज्य र नागरिक दुवै तहमा प्राय न्यूभन्दा न्यून पहुँच र सहभागिता नै यस क्षेत्रको पर्यटनको विकास र विस्तार हुन सकेको छैन। यसर्थः कमजोरी हाम्रो पनि छ।

जुम्ला चौधविस क्षेत्रको देवस्थल क्षेत्रमा रहेको बालीगाड दह जुन समुन्द्र सतहवाट ४०९० मि .मा अवस्थित रहेको छ । खादी पाटन जहाँवनलसुन,भुल्ते,कटुको,यार्सागुम्बाका साथै लोपोन्मुखजगंलीजनावर कस्तूरी,नाउर,घोरल,हिमालीथार आदी पाईन्छन्। तस्बिर-देश सञ्‍चार

रारा र शे-फोक्सोन्डो जस्ता ठूला प्राकृतिक सुन्दर ताल सँगै अनेकौ पर्यटकीय स्थलहरू विश्‍वको उच्च स्थानमा फल्ने कालिमार्सी धानको उत्पादन गर्न सिकाउने गुरु चन्दननाथको मन्दिर, नेपाली भाषा संस्कृतिको उद्गम स्थल सिंजा भ्यालि, लिमिभ्याली, एैतिहासिक शे–गुम्वा, ठाकुर ज्यू, ऋणमोक्ष, गीडीदह, शंख दह, खसहरूका कुलदेवता मष्टो परम्परा र संस्कृति भित्रका वाह्भाई मष्टो र नौ बहिनी भवानी थार्प, बुडु, ढँडार, बाविरा, दुध्या, कालाशिला, दाड्या, कवा, खापर आदिका साथै त्रिपुरा सुन्दरी, वडिमालिका, कनकासुन्दरी आदिका थान वा माडुहरू(मन्दिर) छन्। बाह्रभाई मष्टा र नौवहिनी भवानीका मामाको रूपमा लामा–विण्णु देवतालाई लिने गरिन्छ जसका थानहरू जुम्लाको लेकपर गाउँ र ओदी गाउँमा छन्।

लामा भन्नाले तिब्वती लामा वौद्ध परम्पराका देवता हुन् । विष्णु विशुद्ध वैदिक परम्पराका देवता हुन्। लामा भन्नाले लामा वौद्ध मतअनुसार आर्यवलोकितेश्वर हुन् जसलाई बौद्ध मतमा पालनकर्ताको रुपमा लिईन्छ ।  हिन्दू मत अनुसार भगवान् विष्णु पालनकर्ता हुन्।

तत्कालीन २२ से २४से राज्यको शक्तिशाली कणालीको राजधानीे सिन्जाउपत्यका ।तस्बिर- सरोज शाही

अतः भगवान् विष्णु र आर्यवलोकितेश्वर पालन सम्बन्धी अवधारणाको बीचमा समन्वय र सामाञ्नस्यता पाइन्छ । यही समन्वय र सामाञ्जस्यताको सम्मिलनले गर्दा यी दुवै देवतालाई एउटै मानेर यहाँ पुजा गर्ने परम्परा विकास भएको हो भनेर संस्कृतिविद् डा. जगमान गुरूङले ‘लामा–विष्णुः सांस्कृतिक समन्वयका प्रतीक’ नामक वासुदेव उपाध्यायद्धारा लिखित पुस्तकको भूमिकामा उल्लेख गरेका छन्।

आज नेपालको संस्कृति, राष्ट्रियता विखण्डनको दिशातिर धकलिएको  अवस्थामा लामा–विष्णु मत बीचको समन्वय र सामञ्जस्यताको अवधाराणाले नेपालीहरूबीच एकताको भावना, सत्भाव र आदर्श सम्पे्रषण गर्दछ। यस अवधारणाको  हामी नेपालीहरूले पे्रणाा लिने र अनुशरण गनुपर्छ भन्दै अगाडी उनले थपेका छन् कर्णाली क्षेत्रमा विकसित लामा-विष्णु गण्डकीक्षेत्रमा आइपुगेरपछि मुक्तिनाथको रुपमा विकसित भएको पाइन्छ। मुक्तिक्षेत्रका मुक्तिनाथलाई हिन्दूहरू भगवान् विष्णु र वौद्धहरू आर्यवलोकितेश्वर मान्दछन्।

जुम्लाको उत्तरपूर्व पाटनमाअवस्थित ठाकुरज्यू मन्दिरमा जाजरकोट, जुम्ला, कालिकोट, डोल्पा अन्यजिल्लाहरुबाट भक्तालुहरु आउने गर्दछन् यहाँ साउनपूर्णिमामाठूलो मेलालाग्ने गर्दछ । तस्बिर-सरोज शाही

देशको सबैभन्दा लामो नदी र यसको उत्पति स्थल मानोसरवर भएर कर्णालीको शिरभाग भएर कर्णाली प्रदेशभित्र प्रवेश गरेको छ। खसहरूका कूलदेवता मष्टोको उत्पति पनि यही मानोसरवर क्षेत्रमा भएर कर्णाली क्षेत्रभरि फैलीदै विश्वभर प्रसार र विस्तार भएको कुरा विभिन्न पुराना ग्रन्थ र आजभोलीका विद्धानहरूको खोज–अनुसन्धानमा भेट्न पाईन्छ। देवदारका जंगलहरू(देवताको रुख देवदार औखधि र फर्निचरमा उपयोग) प्रस्त भेटिन्छन्।

यहाँ यस काठबाट देवदारको तेल निकालेर निर्यात गरिन्छ। जुन तेल विभिन्न रोग जस्तै घाउ खटिरा, छालाको एलर्जि आदीमा प्रयोग गरिन्छ। जसको काठमा किरा लाग्दैन। निकै बलियो हुन्छ। त्यसैले यहाँको रुखको बारेमा एक भनाई नै छ, ‘सय वर्ष खडा सय वर्ष लडा सयवर्ष पडा’।

म्लाको उत्तरपूर्व पाटनमाअवस्थित ठाकुरज्यू मन्दिरमा जाजरकोट, जुम्ला, कालिकोट, डोल्पा अन्यजिल्लाहरुबाट भक्तालुहरु आउने गर्दछन् यहाँ साउनपूर्णिमामाठूलो मेलालाग्ने गर्दछ । तस्बिर-सरोज शाही

जुम्लाको लाम्रा र सिन्जा जाँच गाउँमा अवस्थित देवदारका रुखहरु तीन–चार हजार वर्ष पुराना हुन् भनेर बुढापाकाहरु भन्ने गर्दछन्। वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले २०३२/०३३ सालमा कर्णाली क्षेत्रमा पैदल अध्ययन भ्रमण गरी तयार पारेको देवदारको जंगलहरू भएको एकप्रति नक्सा आठ-नौ वर्ष पहिला पंतिकारलाई सानेपाको आफ्नो निवासमा दिँदै सिकाएका थिए देवदार भएको क्षेत्रमा स्याउको खेती राम्रो हुन्छ।

यार्चा गुम्वादेखि कटुकी, पाँच औंले, सतुवा, भुल्त्या, खिरौंलो (सेतोचिनी) जस्ताहजारौं जडिबुटीले भरिएका बुकी र सुनबुकी गाँसका हराभरा अनगिन्ति पाटनहरू (चरनक्षेत्र) छन्। यस पाटन क्षेत्रमा कस्तुरी मीर्ग, झारल, घोरल, नाउर, रेडपाण्डा लगायतका कयौं जनावरहरु पनि पाइन्छन्। पाटनहरुमा यस्ता त हजारौं किसिमका औषौधि जन्य जडिबुटीहरू छन् । जसको राज्य ले पहिचान, अनुसन्धान र उचित प्रयोग गर्ने काम गर्न सकेको छैन।

चौधविस क्षेत्रको देवस्थल क्षेत्रमा रहेको छहरा जहाँवाट कर्णालीको प्रशिद्ध हिमालकाञ्जिरोवा , पाताराशी, खानीका साथै खाँदी पाटन जहावन लसुन,भुल्ते,कटुको,यार्सागुम्बाकालागीप्रसिद्ध छ सो क्षेत्र जान सकिन्छ ।

सेतो सिलाजितदेखि कालो सिलाजितसम्मका हजारौं जटीबुटीहरू पाइन्छन्। त्यस्तै हजारौं संख्यामा रहेका साना ताल–तलैया भएका पाटनहरू छन्। हजारौं झरना झरिरहेका भिर पखेराहरू छन्। स्याउ, विभिन्न प्रकारका आरू र ओखरलागायत फलफूलको भण्डार लगायत मार्सीधान र सीमीको खेती पनि त्यतिनै प्रमुख र प्रख्यात छन्।

जस्तै कर्णाली स्पर्ट क्लवले जुम्ला रारा अल्ट्रा म्याराथुन विगत दुई वर्षदेखि गर्दै आएको छ। जसमा लगभग एक सयको हाराहारीमा क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरूले भागलिएका थिए। यसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कर्णालीलाई चिनाउन र पर्यटन प्रवर्धन गर्न ठूलो टेवा पुर्‍याएको छ। जुन कुरा स्थानिय व्यक्तिहरू नै अगाडी सरेर गरिएको ‘इभेन्ट’ हो।

रारा ताल।

यसबाट आम कर्णालीवासीले प्रेणालिन सक्दछन्।यस्तै अब आगामी दिनहरूमा सिन्जा भ्यालि हेरिटेज टे«लरेस गर्न स्थानिय यूवाहरू जुर्मुराई रहेका छन्। यस्तै रकक्लाइबिङ्ग र साइकिलिङ्ग आदिको सम्भावन पनि प्रवल रहेको छ। विगतमा विश्वसाईकल यात्री पुष्कर शाह लगायत आजभोली देशी तथा विदेशी साईकलयात्रीहरू डोल्पा, जुम्ला र मुगु रारा क्षेत्रमा साइकल यात्रा गरेको भेट्न सकिन्छ।

कर्णाली प्रदेश सरकारको ‘कर्णाली–रारा पर्यटन बर्ष २०७५’ र संघीय सरकारको नारा ‘पहिला देश अनि विदेश’लाई सार्थक बनाउन नारामात्र उछालेर उपलब्धि हात पर्दैन।तद्अनुरुपको नीति, बजेट, खोज–अनुसन्धान, बजेटको विनियोजन, पारदर्शिताका साथै भ्रष्टाचार न्यूनीकरण र स्थानीयहरूको व्यापकरुपमा सहभागिता र परिचालन गर्दै अपनत्वको भाव उत्पन्‍न गराउन सक्नु पहिलो काम हो।जसको अभाव विना यो कर्मकाण्ड वाहेक अरु केही हुन सक्दैन।जुन कुरा हामी कहाँ बारम्वार भइरहेको छ।