चोरका दाउ- ल्यापटपदेखि मुर्तीसम्म

साङ्केतिक तस्बिर

काठमाडौँ – महाराजगन्ज प्रहरी वृतले चोरी भएको सामान सहित ४ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई सुरक्षा जाँचको क्रममा पानीपोखरीबाट पक्राउ गरिएको हो।

नियन्त्रणमा लिईएकामा  काभ्रे फुलबारी चोक घर भई काठमाण्डौ नयाँबजार बस्ने १६ बर्षीय प्रज्वल तामाङ, रामेछाप घर भई काठमाण्डौ ढल्कु बस्ने १५ बर्षीय अनिल तामाङ, मकवानपुर पालुङ घर भई काठमाण्डौ स्वयम्भु बस्ने १५ बर्षीय राजिब देउला र दोलखा सिंगटी घर भई काठमाडौँ पक्नाजोल बस्ने १६ वर्षीय निमा तामाङ छन्।

पक्राउ परेकाको साथबाट तीनवटा ल्यापटप , ९ वटा मोबाईल र एउटा धलौटको मुर्ती बरामद गरिएको छ।  सुनको औंठी,  तिलहरी, चाँदीको पाउजु, चाँदीको चुरा,  चाँदीको औंठी, चाँदीको सिक्री, ७५ वटा मोडेल ५० लेखेको क्याप्सुल, एक एक वटा घडी,पेस्तोल आकारको लाईटर र लेडिज ब्याग तथा  २ वटा लुगा बोक्ने झोला पनि बरामद गरिएको छ।

पुस ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू