बुद्धको मुर्ती र १३ लाख नेपाली रुपैयाँसहित दुई विदेशी पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ- प्रहरीले बौद्धबाट स्रोत नखुलेको नेपाली र चिनियाँ मुद्रा र एउटा बुद्धको मुर्तीसहित दुई जना विदेशीलाई नियन्त्रणमा लिएको छ।

भारतीय छिरिङ दोर्जे र चिनियाँ नागरिक पन्चाउडीलाई स्कुटर चलाईरहेका समयमा प्रहरीले खोजतलास गरेको थियो। स्कुटीको डिकीमा राखेको अवस्थामा एक केजी पाँच सय ग्रामको बुद्धको मुर्ती बरामद भएको थियो। यसैगरि पन्चाउडीले बोकेको झोलाबाट १३ लाख ५० हजार नेपाली रुपैयाँ र चार हजार तीन सय चिनियाँ युयान बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैमाथी अनुसन्धान भईरहेको छ।

 

पुस ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू