जब म्याक्सवेलले सन्दीप लामिछानेलाई मैदानमै बोके…

काठमाडौँ – सिड्नी थण्डरले बिस्फोटक सुरुवात गरिसकेको थियो। कप्तान ग्लेन म्याक्सवेलले चार जना बलरलाई प्रयोग गरिसके पनि थण्डरको केबल एक विकेट मात्र झरेको थियो।
थण्डरले सात ओभरको समाप्तिमा एक विकेट बनाएर ५६ रन जोडेपछि कसलाई बलिङमा ल्याउन्ने भन्ने अन्योलमा थिए मेलवर्न स्टार्सका कप्तान।
तत्कालै निर्णय लिए। अनि नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई बल थमाए। प्रयोग गर्न बाँकी रहेका सन्दीपमाथि म्याक्सवेलको अन्तिम आशा थियो। उनले पहिलो बलमा एक रन दिए, क्यालम फर्गुसनलाई।
तर, दोस्रो बलमा सेन वाट्सनलाई धरापमा पारे। खेलको दिशा नै बदल्न सक्ने खुबी भएका वाट्सन क्याच आउट भए। सोही ओभरको छैटौँ बलमा उनले फर्गुसनलाई ‘कट एन्ड बोल्ड’ गरे।
Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV
— cricket.com.au (@cricketcomau) December 21, 2018
पहिलो ओभरमै तीन रनमात्र खर्चिएर २ विकेट लिएका सन्दीपलाई म्याक्सवेलले बोकेर उचाले। र, मैदानमा केहीबेर घुमाए।
सन्दीपले खेलभर ४ ओभरमा ३७ रन खर्चिएर २ विकेट हात पारे। उनले अन्तिम दुई ओभरमा २७ रन खर्चिए। थण्डरले स्टार्सलाई एक सय ८२ रनको लक्ष्य दिएको छ।
सन्दीपले दोस्रो ओभरमा ६ रन खर्चिए। त्यसपछिका दुई ओभरमा चाहिँ सन्दीप महँगा बने। उनले तेस्रो ओभरमा १३ र चौँथो ओभरमा १४ रन खर्चिएका छन्।
बिबिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपलाई स्टार्सले पहिलो खेलमै अवसर दिएको हो।
Two wickets isn't enough for @IamSandeep25.
Big appeal… not given. Thunder are 3-72 after 10. #BBL08 pic.twitter.com/0kcelTMZ8l
— KFC Big Bash League (@BBL) December 21, 2018