बलियो अवस्थामा लिभरपुल, निकाल्यो शानदार जित

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो स्थान थप बलियो बनाउँदै गएको छ । लिग लिडर लिभरपुलले शुक्रबार राति भएको खेलमा वुल्भ्समाथि जित निकाल्दै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी चार बनाएको छ ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–० ले हरायो । उसको जितमा मोहम्मद सालह र भर्जिल भान डिजेकले गोल गरे । १८ औँ मिनेटमा सालहले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । यस्तै ६८ औँ मिनेटमा भान डिजेकले गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।

जितपछि १८ खेलबाट लिभरपुलको ४८ अंक भएको छ । प्रशिक्षक जर्गेन क्लोप्पले आफ्नो टिमले ‘परफेक्ट फुटबल’ खेलिरहेको भन्दै खेलाडीको प्रशंसा गरे ।

लिगमा लिभरपुल यो सिजन अपराजित छ । उसले १५ खेल जितेको छ भने तीन खेलमा बराबरी गरेको छ । १८ खेलबाट २५ अंकसहित वुल्भ्स सातौँ स्थानमा छ ।

पुस ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्