पूर्वराजा ज्ञानेन्द्र जब आफै गाडी चलाएर विन्ध्यवासिनी पुगे…

पोखरा – स्वतन्त्र नागरिकको हैसियतमा रहेपनि पूर्वराजा ज्ञानेन्द्र शाह सार्वजनिक ठाउँमा जहाँ जहाँ जान्छन् त्यहाँ भीडले उनलाई पछ्याइरहन्छ । शनिबार पोखरामा पनि त्यस्तै भयो । पूर्व निर्धारित तालिका अनुसार पूर्वराजा ज्ञानेन्द्र शनिबार विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न पुग्दा त्यहाँ सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

उनले शनिबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरे । उनलाई भक्तजनहरुसहितका सर्वसाधारणहरुले मन्दिर परिसरमै भव्य स्वागत गरेका थिए । पूर्वराजा शाह आफै गाडी चलाएर मन्दिर पुगेका थिए । पुष दुई गते पोखरा आएका उनी दुई साता बढी पोखरा रहने कार्यक्रम रहेको छ।

पुस ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू