त्रिवि प्राध्यापक संघमा प्रगतिशील समूहको बहुमत

काठमाडौं– त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्राध्यापक संघमा प्रगतिशील समूहका बहुमत सदस्य विजयी भएका छन् । ११ जनाका लागि भएको निर्वाचनमा प्रगतिशील समूहबाट ६ जना र प्रजातान्त्रिक समूहबाट ५ जना सदस्य निर्वाचित भएका हुन्।
लामो समयदेखि प्रजातान्त्रिक समूहले नेतृत्व गर्दे आएको विश्व विद्यालयमा यो नतिजासँगै प्रगतिशील पक्षले नेतृत्व गर्ने भएको छ। प्रगतिशिल समूहबाट प्रा.डा. मोतीलाल शर्माले कीर्तिपुर क्याम्पसको प्राध्यापकहरुको नेतृत्व गर्ने भएका छन्।
प्रा.डा. शर्माको समूहबाट निर्वाचित सदस्यहरुमा डा. कविराज पौडेल, शेरबहादुर गुरुङ, डा. राजेन्द्रप्रसाद खनाल, सूर्यप्रसाद अधिकारी र शंकर सुवेदी रहेका छन्।
प्रजातान्त्रिक समूहबाट गीता खनाल, डा. शरदचन्द्र ठाकुर, नवराज अधिकारी, सुशील अवाले र मोहन पौडेल निर्वाचित भएका छन्।