म्यानचेस्टर सिटीलाई गम्भीर धक्का, बन्यो कमजोर टिमसँग स्तब्ध

शीर्षस्थानको होडमा रहँदै आएको म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा गम्भीर धक्का लागेको छ ।

पेप गार्डिवलाको टिम सिटी घरेलु मैदानमै तुलनात्मक रुपमा कमजोर ठानिएको क्लब क्रिष्टल प्यालेससँग पराजित भयो र शीर्षस्थानको लिभरपुलसँगको अंक दूरी एकमा कम गर्ने मौका गुमायो । क्रिष्टल प्यालेसले म्यानचेस्टर सिटीलाई ३–२ ले हरायो ।

क्रिष्टल प्यालेसको जितमा ३३ औँ मिनेटमा जेफरी श्लप, ३५ औँ मिनेटमा एन्ड्रोस टाउनसेन्ड तथा ५१ औँ मिनेटमा लुका मिल्वोजविकले गोल गरे ।

सिटीका लागि २७ औँ मिनेटमा आइकेली गुण्डोगान तथा ८५ औँ मिनेटमा केविन डी ब्राउनले गोल गरे तर हार टार्न सकेनन् । प्रिमियर लिगमा म्यानचेस्टर सिटीको यो सिजन दोस्रो हार हो ।

पराजित भएको सिटी दोस्रो स्थानमै छ । उसको १८ खेलबाट ४४ अंक भएको छ । शीर्षस्थानमा रहेको लिरभपुल चार अंकले अघि छ । १८ अंकसहित क्रिष्टल प्यालेस चौधौँ स्थानमा उक्लिएको छ ।

पुस ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्