अभिनेता केविन स्पाइसीमाथि यौन हिंसाको आरोपमा उजुरी दर्ता

अमेरिकी अभिनेता केविन स्पाइसीमाथि यौन हिंसाको आरोपमा उजुरी दर्ता भएको छ । स्पाइसीले मासाचुसेट्समा रहेको एक बारमा किशोरमाथि यौन हिंसा गरेको आरोप छ ।

अभिनेतता स्पाइसी आउँदो जनवरी ७ मा अदालत उपस्थित हुनेछन् । स्पाइसीले सन् २०१६ को जुलाईमा किशोरमाथि यौन हिंसा गरेको आरोप छ । स्पाइसीले सोमबार एउटा भिडियो पोस्ट गर्दै आफू कुनै पनि खराब काम नगरेको दाबी गरेका छन् ।

प्रमाणबिना कसैलाई दोषी भन्न नमिल्ने र आफूले गर्दै नगरेको अपराधको मूल्य चुकाउन तयार नरहेको उनले उल्लेख गरेका छन् । स्पाइसले यौन हिंसा गरेको भनिएका किशोर पूर्व टेलिभिजन न्युज प्रेजेन्टर हिदर अनरुहका छोरा हुन् ।

अनरुहले गएको वर्ष घटनाका सम्बन्धमा सार्वजनिक रुपमा बोलेकी थिइन् । त्यो बेला १८ वर्षका रहेका आफ्ना छोराका लागि स्पाइसीले रक्सी किनेर अफर गरेको अनरुहले बताएकी छन् ।

मासाचुसेट्समा रक्सी पिउनका लागि न्यूनतम उमेर २१ रहेको छ । स्पाइसीले त्यसपछि आफ्ना छोरालाई यौन हिंसा गरेको अनरुहको आरोप छ । अभिनेता स्पाइसी अहिले हाउस अफ कार्डसमा अभियन गरिहेका छन् ।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्