धनगढी – धनगढी विमानस्थलमा आठदिनका लागि उडान बन्द भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाका अनुसार सोमबारदेखि पुस १७ गते सम्म विमानस्थलका उडान बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म बन्द हुनेछन् ।

उडान बन्दबारे प्रमुख बुढाथापाले भने, ‘वर्षातको पानीले विमानस्थलको धावनमार्ग केही दबेको र चर्किएको छ । त्यसको मर्मतका लागि बन्द गरिएको हो ।’
उनले काठमाण्डौँबाट आएको टोलीले सोमवार बिहानैदेखि धावनमार्ग मर्मतको कार्य समेत थालेको जानकारी दिए ।

धनगढी विमानस्थलमा दैनिक ५ उडान हुँदै आएका थिए । त्यसमध्ये श्री र सौर्य एयरलाईन्सले बाहेक बुद्धले भने उडान भर्ने छ ।
बुद्ध एयरले धनगढी विमानस्थलमा रात्रिकालिन उडानका लागि अनुमति पाएको छ । त्यसैल बुद्धले साझँ ६ बजेपछि दैनिक उडान गर्ने प्रमुख बुढथापाले बताए ।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्