‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

काठमाडौँ – चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। सुबास कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा कर्मा , प्रियंका सिंह ठकुरी, नाजिर हुसेन, प्रविन खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ। प्रियंकाको यो डेब्यु चलचित्र हो।

‘गरुण पुराण’को ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी कलाकारहरु। तस्बिरः बर्षा शाह

चलचित्रको ‘म त पिरिममा’ भन्ने गीत चर्चित छ। कार्यक्रममा बोल्दै कर्माले भने, ‘दर्शकले खोजेको कमर्सियल डोज यसमा छ।’

गरुण पुराण पारिवारिक प्रेमकथामा आधारित चलचित्र हो। अजित प्रजापति र अशोक गौतमले चलचित्र निर्माण गरेका हुन्। चलचित्र माघ ४ मा रिलिज हुँदैछ।

पुस १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्