ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौँ- बाँकेको कोहलपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले नेपालगन्ज बस्ने १९ वर्षीय साहिद खान र १८ वर्षीय सद्धाब खानलाई पक्राउ गरेको हो।

निर्माणाधिन कोहलपुर बसपार्कबाट पक्राउ परेका उनिहरुको साथबाट ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

 

पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्