अष्ट्रेलियामा बेपत्ता नेपाली युवक मृत फेला

अस्ट्रेलिया-अस्ट्रेलियाको साउथ अस्ट्रेलिया प्रहरीले खोजी गरिरहेका २२ वर्षीय नेपाली युवा निश्‍चल घिमिरेको शव फेला पारेको जनाएको छ।

बिहीबारदेखि हराइरहेका घिमिरेको स्थानीय समय अनुसार २८ डिसेम्बर शुक्रबारका दिन साँझ ७:३० बजे शव फेला परेको साउथ अस्ट्रेलिया प्रहरीले जनाएको हो।

उनको शव वेष्टबीच बोट र्‍याम्पमा प्रहरीले फेला पारेको हो। उनको शवलाई अहिले पोष्टमार्टमका लागि पठाइएको छ।

प्रहरीका अनुसार अहिलेसम्म उनको मृत्युमा कुनै शंकास्पद गतिविधितर्फ संकेत नभएको पनि उल्लेख गरेको छ ।

अध्ययनका शीलसिलामा नेपालबाट अस्ट्रेलियाको एडिलेड आएका २२ वर्षीय युवक घिमिरे करीब तीन वर्षदेखि ‘केयरर’ का रूपमा काम गर्दै आएका थिए।

एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्ने घिमिरेलाई अन्तिमपटक २७ डिसेम्बरका दिन बेलुकी चार बजे देखिएको थियो।

त्यसबखत् उनले एक अपाङ्ग करीब १० वर्षीय बालकलाई रेखदेख गर्ने काम गरिरहेका थिए र उक्त बालकलाई समुद्री तटमा घुमाउनका लागि ग्लेनेल्ग बिच लिएर गएका थिए। उनीहरू दुवैजना घर नफर्केपछि शुक्रबार स्थानीय १२:३० बजे प्रहरीलाई रिपोर्ट लेखाइएको थियो।

पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्