सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ

अंग्रेजी नयाँ वर्षको स्वागतमा पोखरामा सुरु भयो ‘सडक महोत्सव’

फाइल फोटो।

पोखरा- सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्‍ने नारासहित पोखरमा शुक्रबार देखि २० औ पोखरा सडक महोत्सव सुरु भएको छ। रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत १९ वर्ष देखि महोत्सवको आयोजना गर्दै आएको छ।

अग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरीएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आक्रषण रहेका छन् । नेपालको पर्यटन क्षेत्रमा यो मौसमलाई अफसिजनको रुपमा लिइने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोज गरेको रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए।

लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको र्‍यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे। पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ।

विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए। उद्घाटन गदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रकृतिले मात्रै नभइ सास्कृतीक रुपमा पनि धनि भएको बताए।

उनले सडक महोत्सव नेपालका कै महोत्वपुर्ण महोत्सव बनिसकेको बताउदै आगामी वर्षहरुमा अझ भव्य बनाउन प्रदेश सरकार पनि लाग्ने बताए । उनले २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटका ल्याउन यस्ता कार्यक्रमले प्रभावकारी बन्ने बताए । अहिले गण्डकी प्रदेशमा करिब १० लाख पर्यटक आउने गरेको उनको भनाई छ।

पाँचदिने सडक महोत्सवमा महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत हुने छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छन्।

पुस १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्