चितवनमा भइरहेको पन्ध्रौँ चितवन महोत्सवमा भएको हात्ती सुन्दरी प्रतियोगिता बिजुलिकलि हात्तीले जितेको छ। पाँचवटा हात्तिबीच भएको प्रतिस्पर्धामा बिजुलिकलिले सबैलाई पछि पारेर बिजेता बनेको आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए।

चितवनमा हरेक वर्ष हात्ती महोत्सव हुने गरेको छ। सन् २००४ देखि सुरु भएको यो महोत्सवमा हात्तीलाई विभिन्न खेल खेलाइन्छ। यो वर्ष हात्ती वाक, हात्ती पोलो, हात्ती फुटबल लगायतका खेल भइरहेको आयोजकले जानकारी दिए।

महोत्सव पुस ११ बाट सुरु भएको हो। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले हात्ती सुन्दरी प्रतियोगिताका केही तस्बिर खिचेकी छन्: