साइबर आक्रमणका कारण अमेरिकी पत्रिकाहरुको प्रकाशनमा समस्या

अमेरिकाका विभिन्न पत्रिका साइबर आक्रमणका कारण प्रभावित भएका छन् । साइबर आक्रमणका कारण पत्रिकाहरुको प्रकाशन तथा वितरणमा समस्या भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

साइबर आक्रमणका कारण द लस एन्जल्स टाइम्स, सिकागो ट्रिब्युन, बाल्टिमोर सनसहितका ट्रिब्युन सम्बद्ध पत्रिकाहरुको प्रकाशनमा समस्या भएको हो । शनिबार भएको साइबर आक्रमणका कारण पत्रिकाहरुमा प्रभाव परेको हो ।

प्रारम्भीक रुपमा शुक्रबार साइबर आक्रमणबारे थाहा भएको थियो । एउटै प्रिन्टिङ्ग प्लान्ट प्रयोग गर्दै आएका पत्रिकाहरुमा प्रभाव परेको हो ।

साइबर आक्रमण अमेरिका भन्दा बाहिरबाट भएको हुन सक्ने द लसएन्जल्स टाइम्सले जनाएको छ । द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सको वेष्ट कोस्ट संस्करणको प्रकाशनमा पनि प्रभाव परेको छ।

पुस १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्