लगातार दुई खेलको हारपछि विजयी भयो म्यानचेस्टर सिटी

लगातार दुई खेलमा पराजित भएर उपाधि होडलाई केही कमजोर बनाएको साबिक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनलाई ३–१ ले हराएको हो ।

सिटीको जितमा डेविड सिल्भा र सर्जियो अग्युरोले गोल गरे । यस्तै साउथह्याम्पटनका जेम्स वार्ड प्रोव्सीले आत्मघाती गोल गरे । साउथह्याम्पटनका लागि पिएर–एमिएल होज्बियर्गले गोल गरे ।

१० औँ मिेनटमा सिल्भाको गोलबाट सिटीले अग्रता लियो । ४५ औँ मिनेटमा साउथह्याम्पटनका जेम्सले आत्मघाती गोल गरे । त्यसअघि ३७ औँ मिनेटमा पिएर–एमिएलले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अग्युरोले गोल गरेपछि सिटीले ३–१ को अग्रता लियो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन । तर घरेलु टोलीले एक खेलाडी गुमायो । ८५ औँ मिनेटमा गोलकर्ता पिएर–एमिएल सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित भयो ।

जितपछि म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । उसको २० खेलबाट ४७ अंक भएको छ । शीर्षस्थानको लिभरपुलको ५४ अंक छ अर्थात सिटी लिभरपुल भन्दा सात अंकले पछि छ । तेस्रो स्थानको टोटनह्यामको ४५ अंक छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० तथा बर्नलीले वेष्ट ह्यामलाई २–० ले हराएको छ ।

पुस १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्