अलबिदा

अभिनेता कादर खान रहेनन्

भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’

८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् । उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक सञ्जालमा उनको निधन भएका खबर पनि आएका थिए ।

सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए ।

उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्