गुम्लीको रुरुमा प्रभु बैंकको शाखा, परराष्ट्र मन्त्रीले गरे उद्घाटन

गुल्मी – प्रभु बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका–४ रानीबास बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापतित्वमा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको उद्घाटन गरेका छन्।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा थिए।

बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्पपीडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ।

पुस १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्