घुससहित कम्प्युटर अपरेटर पक्राउ

वीरगञ्‍ज- सिमरा बारामा कार्यरत कम्प्यूटर सहायक राजयनारायण साह घुससहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रशासन कार्यालय, सिमराले घुस सहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोलीले साहलाई घुसबापत लिएको रकम सहित पक्राउ गरेको जनाएको छ। कम्पयुटर अपरेटर साहले कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्राहीसँग घुस बापत लिएको नगद रु १५ सय रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले जानकरी दिएको छ।

सेवाग्राहीलाई नागरिकता बनादिने विषयमा अर्को जिल्लाबाट विवरण खुलाई पठाउन कागजात माग गर्नका निमित्त साहले रकम माग गरेका थिए। सेवाग्राहीले माग बमोजिमको रकम दिने भनेपछि साहले सेवाग्राहीलाई बारम्वार फोन गरी काम भईसकेको भन्दै नागरिकता लिन कार्यालयमा बोलाएका थिए।

यता अख्तियार हेटौडाको टोलिलाई सेवाग्राहीले उजुरी गरेपछि अख्तियारको टोलि ईलाका प्रशासन कार्यालयबाट कम्पयुटर अपरेटर साहलाई पक्रा उगर्न सफल भएको हो।पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय, हेटौडा लगिएको छ।

पुस १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्