नेपाली स्टिकर र इमोजीसहित हाम्रो नेपाली किबोर्ड

नयाँ वर्ष २०१९ को अवसरमा  हाम्रो पात्रोले पहिलोपटक नेपाली स्टिकर समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण ल्याएको छ।

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहितको स्टिकर छ।

मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिने हाम्रो पात्रोको दाबी छ।

नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचावमैचासमेत गरी आठ किसिमका स्टिकर यसमा छन्। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकर प्रयोग गर्न सकिने हाम्रो पात्रोले उल्लेख गरेको छ।

हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको हाम्रो पात्रोले जानकारी दिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिने पनि संस्थाले जानकारी गराएको छ।

डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्डथीम उपलब्ध छ। चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमनट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड यथावत नै छन्।

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा मुड अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजी पनि थपेको हाम्रो पात्रोले जनाएको छ।

हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ।

पुस १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्