बस चालकलाई जिम्‍मेवार बनाउन हाइवेमा नियमित स्वास्थ्य जाँच

दाङ-दुर्घटना न्यूनीकरण गर्न प्रदेश-५ भित्र पर्ने राजमार्ग क्षेत्रमा सवारी चालकको स्वास्थ्य जाँच कार्यलाई नियमित बनाइएको छ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरले प्रदेशका १२ जिल्लामा राजमार्ग केन्द्रित सवारी चालकको स्वास्थ्य जाँच कार्यक्रमलाई नियमित गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

`प्रदेशमा राजमार्ग केन्द्रीत सवारी चालकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई निरन्तरता दिन्छौं´उनले भने-` चालकलाई जिम्मेवार बनाउन पनि यो जरुरी छ ।´ एक हप्ताअघि दाङको लमहीमा गरिएको निशुल्क स्वास्थ्य जाँच कार्यक्रममा ब्ल्डप्रेसर बढी भएका, आँखा कम देख्ने चालक र मादक पदार्थ सेवन गरेका चालक फेला परेका थिए। त्यसको एक हप्ता पछि नर्तिमा चालकको स्वास्थ्य जाँच कार्यक्रम गरिएको छ।

वडा प्रहरी कार्यालय, अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले लमही नगरपालिका वडा नम्बर १ को कार्यालय, लमही अस्पताल र लमही आँखा अस्पतालसँग सहकार्यगरी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।स्वास्थ्य जाँचले चालकहरु खुसी भएका छन्। प्युठान जान थालेका चालक शुरेस रावतको प्रेसर बढेको पाएपछि स्वास्थ्यकर्मीले नियमित जाँच गर्न र आराम गर्न सल्लाह दिए।

`राजमार्गमा सवारी दुर्घटना बढेको छ। दुर्घटना कम गर्न सवारी चालकको स्वास्थ्य जाँच गरिएको छ´वडा प्रहरी प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले भने-`हाईवेमा नियमत स्वास्थ्य जाँच कार्यक्रम गर्ने योजना छ।’

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्