टीकापुरकाण्डका अभियुक्त संसदतर्फ

रेशम चौधरीले लिए थारु भाषामा सपथ (फोटो फिचर)

एक वर्षपछि संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गर्दै कैलाली क्षेत्र नम्बर -१का सांसद रेशम चौधरी।तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ – कैलालीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन्।

ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए। सभामुखको कार्यकक्षमा उनले सपथ लिएका हुन्।

बिहान साढे ११ बजेका लागि तय भएको कार्यक्रम दिउँसोका लागि सारिएको थियो। चौधरी राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित भएका हुन्।

टीकापुरकाण्डका अभियुक्त रेशम चौधरीलाई जेलबाट निकालेर सांसदको सपथ गराइएको हो।

वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याका मुख्य दोषी चौधरीमागि कानुनी कारवाही चलिरहेका बेला सपथग्रहण गराइएको हो।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्