रेशम चौधरीको सपथमा छोरा आभूषको उपस्थिति

छोरा आभूषण चौधरीलाई काखमा राख्‍दै कैलाली क्षेत्रनम्बर-१ बाट निर्वाचित सांसद रेशम चौधरी। उनीमाथि टीकापुर घटनाको आरोप छ। तस्बिर-बर्षा शाह/देश सञ्‍चार

कठमाडौं- बिहिवारको दिउँसो ३ बज्नै लाग्दा कैलाली क्षेत्र नम्बर-१का निर्वाचित सांसद रेश्म चौधरी सिंहदरवारमा देखिए। ढाकाको कुर्ता-सुरुवालमा, टोपी र चश्‍मामा चिटिक्क परेर सजिएर आएका थिए उनी।

बिहान साढे ११ बजे सपथ खुवाउने भनिए पनि उनको सपथ कार्यक्रम भने दिउँसो तीन बजेका लागि सरेको थियो।

उनी सपथ लिने ठाउँमा प्रवेश गरेको केही समयमा एउटा बालक त्यहाँ आइपुगे जसलाई देख्‍ने बितिकै चौधरीको मुहारमा खुशी छचल्कियो। रेशम ती बालकलाई अकमाल गर्दै चुम्बन गरे।

ती बालक थिए रेश्मका ८ वर्षीय छोरा आभूषण चौधरी। छोरालाई देख्नासाथ रेश्म निकै खुशी भएका थिए। छोरालाई सुमसुम्‍याउँदै उनले काखमा राखेका थिए।सपथ समारोहमा बाबु-छोराकै अनुहारमा खुशीको प्रतिबिम्ब देखिन्थ्यो। ती दृश्‍यलाई देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेकी छिन्।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

पुस १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्