नैन्सी पेलोसीः अमेरिकाकी सबैभन्दा शक्तिशाली महिला

अमरिकाको कैलिफार्नियाबाट डेमोक्रेटिक पार्टीकी सांसद नैन्सी पेलोसी अमेरिकाको प्रतिनिधिसभाको सभामुख चुनिएकी छन् । यो पदमा पुगेपछि अब उनी अमेरिकाको सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । उनी राष्ट्रपति र उप राष्ट्रपतिपछि अमेरिकाको तेस्रो शक्तिशाली व्यक्ति पनि बनेकी छन् ।

अमेरिकामा हालै भएको मध्यावधि चुनावपछि तल्लो सदन अर्थात हाउस अफ रिप्रजेन्टेटिवमा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गरेको थियो । पेलोसीको जित यस्तो अवस्थामा भयो जब राष्ट्रपति ट्रम्पले मैक्सिकोको सीमामा पर्खाल लगाउने निर्णय गरिरहेका थिए । ७८ वर्षीय पेलोसी ट्रम्पको यो योजनाको खिलाफमा थिइन् ।

नैन्सी पेलोसी अब मात्र सभामुख रहने छैनन उनी अमेरिकी संसदमा विपक्षको नेतृत्व पनि गर्नेछिन् । अमेरिकी राजनीतिमा उनको यात्रा असाधारण छ । सन २००७ मा उनी केही समयका लागि सभामुख बनेकी थिइन् ।

यसका साथै सन २०१८को मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीको रणनीतिकार पनि रहेकी थिइन् । पेलोसी सधैँ रिपब्लिकन पार्टीको निशानामा रहने गरेकी थिइन् । उनीमाथि सभामुखको जिम्मेबारी निभाउन नसकेको आरोप लाग्ने गरेको थियो ।

नैन्सी पेलोसीको बाल्यकाल पूर्वी अमरिकाको मैरील्याण्ड राज्यको बाल्टिमोर शहरमा बितेको थियो । उनका बुवा त्यहाँका मेयर थिए । सात भाई बहिनीमध्ये सबैभनद कान्छी पेलोसी एक्ली छोरी हुन् ।

सन १९७६ मा आफ्नो परिकारको राजनीतिक सम्बन्धको लाभ उठाउँदै पेलोसीले राजनीतिमा कदल चलाएकी थिइ् । उनले डेमोक्रेट नेता तथा कैलिफ़ोर्नियाका गभर्नर जैरी ब्राउनको चुनावमा सहयोग गरिन् ।

सन १९८८ मा उनलाई पार्टीको उप प्रमुख चुनियो भने २००१ मा नैन्सी पेलोसीलाई तल्लो सदनको संसदीय समूहको नेतामा नियुक्त गरियो ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्