सञ्चारकर्मी रवि लामिछानेको सम्बन्ध बिच्छेद

काठमाडाैँ – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाको सम्बन्ध बिच्छेद भएको छ । उनीहरुले केही दिनअघि मात्रै डिभोर्स गरेका छन् । लामो समयदेखि सम्बन्धमा खटपट रहेपछि अन्ततः उनीहरु सम्बन्ध बिच्छेदसम्म पुगेका हुन् ।

रवि र ईशाका दुई छोरी छन् । दुवै छोरीको जिम्मेवारी आफूले लिएको रविले जानकारी दिएका छन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।

तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।

रविले आफ्नो असफल वैवाहिक सम्बन्धका बारेमा फेसबुकमा ‘सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ,’ लेखेका छन् ।

रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी पनि गरेका छन् ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्