मिलको फितामा बेरिएर मजदुरको मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्ज – मिलको फितामा बेरिएर वीरगञ्जमा शुक्रबार बिहान एक मजदुरको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिररामा रहेको किरण मिलमा मिलको फितामा बेरिएर मजदुरको ज्यान गएको हो।

मिलको फितामा बेरिएर वीरगञ्ज महानगरपालिका २४ रामगढवाका २३ वर्षीय रम्भु पटेलको ज्यान गएको हो। काम गर्ने क्रममा मिलको फितामा बेरिएर पटेल गम्भीर घाइते भएका थिए।

घाइते पटेललाई उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो। उनको उपचारकै क्रममा पटेलको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी दिएको छ।

पटेलको शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतातमा राखिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्