वाइडबडी भ्रष्टाचारकाण्ड

महाप्रबन्धक कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलियो

काठमाडौँ – वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा मोसो दलिएको छ।

तीन जनाको समूहमा आएको व्यक्तिले शुक्रबार दिउँसो ४ बजे सुन्धारा पुगेर कालोमोसो दलेका हुन्। प्रहरीले घटनामा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको संलग्नता रहेको आशंका गरेको छ।

घटनामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको महानगरिय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्।

लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा निगमका महानिर्देशक कंसाकारको नेतृत्वमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्