संसदमै आँखा झिम्क्याएपछि राहुल गान्धी बने ट्रोल

नयाँ दिल्ली – लोकसभामा राफेल डीलमाथि नियम १९३ अनुसारको चर्चामा रक्षामन्त्री निर्मला सीतारमणले कांग्रेसको आरोपको जवाफ दिए।

गएको २ जनवरीमा संसदमा कांग्रेस अध्यक्ष राहुल गान्धीले राफेल डीलमा भ्रष्टाचारको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रोश पोखेका थिए।

शुक्रबारको बैठकमा पनि राहुल गान्धीले रक्षामन्त्रीसँग केही सवाल गरे। जवाफ पाए। तर, फेरि पनि सदनमा गान्धीले आफ्ना पार्टीका नेता एंव सांसदलाई आँखा झिम्क्याएपछि उनको त्यो तस्बिर भाइरल भइरहेको छ।

भारतीय रक्षामन्त्रीले कांग्रेसको आरोपलाई शिलशिलेवार तरिकाले जवाफ दिएका थिए। सोही सम्बोधनका दौरान गान्धीको पत्रकार सम्मेलनलाई पनि स्मरण गरे, जसमा रक्षामन्त्रीमाथि झुट बोलेको आरोप गान्धीले लगाएका थिए।

त्यसपछि कांग्रेसका सांसद बोल्न थाले। सोही समयमा गान्धीले मुस्कुराउँदै अर्का सांसदलाई आँखा झिम्याएका थिए। त्यसपछि उनको यो क्रियाकलाप विभिन्न टिकाटिप्पणीसहित भाइरल भएको छ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्