कविता

नाथुराम

नाथुराम गोट्से,
निष्ठुरी रै छौँ तिमी,
अन्याय गर्‍‍यौ छिमेकीलाई,
तिमी किन जन्मेनौँ नेपालमा एक पटक?

इन्साफ त मरेकै छ यहाँ पनि ,
चिहानले पनि,
धर्मले पनि,
षड्यन्त्रको जालोमा बेरिएको,
म जन्मिएको कोखले पनि
न्याय नै माग्छ अचेल तिम्रा धर्तीमा जस्तै।

चाहन्छु,
तिम्रै पुनर्जन्म होस् मेरो धर्तीमा ,
र तिमीलाई सजिलो पनि छ,
जन्मन
भारतमा भन्दा यहाँ।

नाथुराम,
तिमीले त्यहाँ जस्तो
रुँदै–रुँदै गान्धीको छातीमा गोली चलाउनु पर्दैन,
अस्पष्ठ दोशहरुको बिस्कुनमा
सत्य खोजिरहने झण्झट पनि छैन,
किनभने यहाँ कोही गान्धीझैँ मुस्किलको आदर्श,
दोशी पनि छैन,

यहाँ त,
हाँसी हाँसी
रावणको छाती तोड्न सकिन्छ,
अमुर्त घात खोज्नु पर्दैन त्यहा जस्तो ,
यहाँ त,
ऐना अघिको अनुहार जस्तो प्रष्ट
व्यभिचारको पर्खाल छ ,
फरक यत्ति हो
यहाँ तिमी छैनौँ
तिम्रो पुनर्जन्म छैन।

नाथुराम गोट्से,
निष्ठुरी रहेछौँ तिमी,
अन्याय गर्‍‍यौ छिमेकीलाई,
तिमी किन जन्मेनौँ नेपालमा एक पटक?

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्