विक्की कौशलले कट्रीनालाई प्रपोज गर्दा सलमानले दिए यस्तो प्रतिक्रिया

अभिनेता विक्कि कौशल हिजो आज आउँदो चलचित्र ‘उरी, द सर्जिकल स्ट्राइक’ को कारण चर्चामा छन्। चलचित्रमा यामी गौतम पनि मुख्य भूमिकामा छिन्। विक्किको लोकप्रियता दिनानुदिन बढिरहेको छ। बलिउडका धेरै नायिकाहरु उनीसँग काम गर्न चाहन्छिन्। करण जोहरको कार्यक्रम कफि विथ करणमा कट्रीना क्याफले पनि आफू विक्किसँग काम गर्न चाहेको बताएकी थिइन्।

भर्खरै भएको स्टार स्क्रिन अवार्डमा कट्रीना र विक्कि आमने सामने भए। त्यति बेला विक्किले कट्रीनासँग जिस्किए, ख्याल ठट्टामा विक्किले कट्रीनालाई विवाहको प्रस्ताव राखे। उनले प्रस्ताव राख्ने बित्तिकै ‘मुझसे सादि करोगी’ भन्ने गीत बज्यो। त्यसपछि त्यहाँ उपस्थित सबै हाँसे। त्यतिबेला सलमान खानको प्रतिक्रिया हेर्न लायक थियो।

सलमान खानले त्यति बेला बहिनी अर्पितासँग बसिरहेका थिए। विक्किको कुरा सुन्ने बित्तिकै बहिनीको टाउकोमा टाउको राखे। त्यसपछि कट्रीनाले विक्किलाई उत्तर दिइन्, ‘हिम्मत छैन’। त्यसपछि सलमान खान बेस्सरी हाँस्न थाले। यो भिडियो अहिले भाइरल भइरहेको छ।

विक्कि सन् २०१५ बाट चलचित्रको पर्दामा देखिएका हुन्। उनको आगामि चलचित्र ११ जनवरीमा प्रदर्शनमा आउँदै छ। च्लचित्र २ वर्ष अगाडि काश्मिरमा आर्मी क्याम्पमा भएको आक्रमणमा आधारित हमलाको बारेमा बनाइएको चलचित्र हो। जसमा १९ भारतीय जवान शहिद भएका छन्।

 

View this post on Instagram

 

😍👌 . . . #instabolly #bollyinsta

A post shared by Bollywood💎725k🙏 (@bollylnsta) on

यस्तै कट्रीना ‘भारत’ मा सलमान खानसँग अभिनय गर्दा देखिँदै छिन्।

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्