प्रदेश २ लाई आइटी हब बनाउन वीरगञ्‍जमा क्यान इन्फोटक

वीरगञ्ज – प्रदेश २ लाई आइटी हब बनाउन पुस २७ गतेदेखि ३० गतेसम्म ४ दिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागिएको छ । क्यानले वीरगञ्जमा पत्रकार सम्मेलन गरी पुस २७ गतेदेखि ३० गतेसम्म ४ दिने ‘सुबिसु क्यान इन्फोटेक मेला २०७५’ आयोजना गर्न लागेको जानकारी गराएको छ ।

५० लाखको लागतमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान) पर्साले वीरगञ्जमा आइटी मेलाको आयोजना गर्ने भएको छ । क्यान पर्साका अध्यक्ष आलोक चौरसियाले आइटी भनेको हरेक व्यक्तिसँग दिनदिनै जोडिनुपर्ने साधन भएकाले प्रदेश २ लाई नेपालकै आइटी हब बनाउने संकल्प लिएर अगाडि बढेको बताए ।

उनले आइटी क्षेत्रमा प्रदेश २ लाई आत्मनिर्भर बनाउने अभियानमा जुट्न सबैलाई आग्रहसमेत गरे । । मेलामा आइटीसम्बन्धी विभिन्न ७० वटाभन्दा बढी स्टल राखिनेछन् ।

मेलामा प्रमुख आकर्षणका रूपमा रोबोट, हार्डवेयर स्टल, सफ्टवेयर, थ्रिडी सो, भर्चुअल रियलिटी सो, स्मार्ट फोन, मोबाइल फोन, इन्टरनेट, अल्ट्रानेट र बच्चाका लागि प्लानिटेरियमलगायत आधुनिक युगमा विकसित तथा अपडेटेड प्रविधिको प्रदर्शनी हुन बताइएको छ ।

पुस २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्