आर्सनलको जितमा युवा स्टार जो र एलेक्सको गोल, पुग्यो चौथो चरणमा

आर्सनल एफएक कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा ब्ल्याकपुलमाथि ३–० को जित निकाल्दै आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

आर्सनलको जितमा जो विलोकले दुई तथा एलेक्स इओबीले एक गोल गरे । १९ वर्षका विलोकले ११ र ३७ मिनेटमा गरी पहिलो हाफमा नै दुई गोल गरेका हुन् । यस्तै ८२ औँ मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–० ले विजयी भयो र चौथो चरणमा स्थान बनायो ।

शनिबार राति नै भएको खेलमा बोर्नमाउथलाई ३–१ ले हराउँदै ब्राइटनले चौथो चरणमा स्थान पक्का गरेको छ ।

यस्तै बर्नलीले बार्न्स्लीलाई १–०, वेष्ट ह्यामले ब्रमिङ्घमलाई २–०, स्वान्सीले एस्टन भिल्लालाई ३–० तथा एक्रिङ्गटनले इप्स्वीचलाई १–० ले हराएर चौथो चरण स्थान पक्का गरेका छन् ।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्