ज्यान मार्ने उद्योगमा २५ वर्षदेखि फरार रहदै आएका प्रतिवादी पक्राउ

वीरगञ्ज – २५ वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ वर्षदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा वि.सं. २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो।

हालसम्म उनी फरार रहँदै आएका थिए। वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले अन्सारीलाई आफ्नै गाउँ टोलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई जिल्ला अदालत पर्सामा पेश गरी उनलाई ठोकिएको कैद भुक्तान गर्नका लागि वीरगञ्ज कारागार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू