केटिएम मोबाइल सेन्टरमा ओपो मोबाइलको ग्रेट एक्सचेन्ज मेला

काठमाडौं- मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त मोबाइल शप केटिएम मोबाइल सेन्टरले नेपालमै पहिलो पटक ओपो मोबाइल ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको छ।

चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्धेश्यका साथ ताम्राकार मोबाइल कम्प्लेक्सको तेस्रो तल्लामा रहेको केटिएम मोबाइल सेन्टरसँगको सहकार्यमा ग्रेट एक्सचेन्ज मेला आयोजना गरेको हो।

पुस २२ गते आइतवारदेखि शुरु भएको यो ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सक्नेछन्।

आइतवार आयोजित एक कार्यक्रमका बिच मोबाइल एक्सचेन्जमा ख्यातिप्राप्त र नम्बर वान मोबाइल शप केटिएम मोबाइल सेन्टरमा ग्रेट मोबाइल एक्सचेन्जको शुभारम्भ भएको घोषणा गरियो।

ओपो ग्रेट एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना मोबाइल फोनहरु साटेर नयाँ ओपो फोनहरु लान सक्नेछन्। त्यसैगरी मेलामा ओपोका स्मार्टफोनहरु साटेर नयाँ फोनहरुमा पनि अपग्रेड गर्न सकिनेछ।

यस मेलामा विशेषगरी कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ। त्यस्तै ओपो ए ३एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा नै साट्न सकिने सुविधा उपलब्ध छ।

ओपोको ग्रेट मोबाइल एक्सचेन्ज मेला यहि माघ ६ गतेसम्म सञ्‍चालन हुनेछ।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्