सोनालीलाई भेट्न घरमै पुगे अभ‍िषेक र ऐश्वर्या

मुम्बई – बलिउड अभिनेत्री सोनाली बेन्द्रेका लागि सन् २०१८ निकै संघर्षपूर्ण रह्यो। सोनाली बेन्द्रे गएको सात महिनादेखि क्यान्सरसँस लडिरहेकी छिन्।

केही समयअघि सोनाली के बर्थडेमा उनका श्रीमान् गोल्डी बहलले इमोशनल नोट ल‍ेखे। त्यसपछि उनको स्वास्थ्यका विषयमा सरोकार राख्नेहरु निकै बढे।

त्यही शिलशिलामा ऐश्वर्या राय बच्चन, अभ‍िषेक बच्चन सोनालीको घर पुगे। साथै सुजैन खान पनि उनको घरमा पुगिन्।

फिल्म गुलाब जामुनको काममा व्यस्त रहेका ऐश्वर्या र अभ‍िषेक सोनालीलाई भेट्नकै लागि घर पुगेका हुन्। क्यान्सरको गम्भीर समस्याबाट गुज्रिएकी सोनाली अहिले आराम गरिरहेकी छिन्।

पुस २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्