विपक्षीलाई भोट दिएको भन्दै सामूहिक बलात्कार

सामूहिक बलात्कारको एक घटनामा बंगलादेशको अदालतले सत्तारुढ आवामी लिग पार्टीका एक स्थानीय नेतासहित सातजनालाई पक्राउ गर्न आदेश दिएको छ।

पीडित महिलाले आरोप लगाएकी छन् कि, गएको हप्ता भएको चुनावमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टीलाई भोट दिएका कारण आफूमाथि बलात्कार भएको हो । चार सन्तानकी आमा रहेकी महिलामाथि चुनावको राति आक्रमण भएको थियो।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मानिसले आक्रोश व्यक्त गर्दै आएका छन् । घटनाको विरोधमा प्रदर्शन पनि भएका छन् । अभियुक्तहरुले आरोप अस्वीकार गरेका छन् । बलात्कार आरोपित नेतालाई अवामी लिगले पार्टीबाट निष्कासित गरेको छ ।

गएको हप्ताको आइतबार भएको चुनावमा अवामी लिगले लगभग एकतर्फी जित हाँसिल गरेको थियो । तर चुनावमा धाँधली भएको, हिंसाका घटना भएको तथा डराउन दिने वा धम्क्याउने काम भएको भन्दै आलोचना भइरहेको छ ।

चुनाव भएको राति नोआखली जिल्लाकी महिलामाथि बलात्कार भएको उनका पतिले गएको हप्ता दर्ता गरेको उजुरीमा उल्लेख छ । ३५ वर्षकी महिलामाथि राति बलात्कार भएको हो । उनलाई अपराधि गएपछि छिमेकीको सहयोगमा अस्पताल लगिएको थियो ।

अवामी लिगका स्थानीय नेता राहुल अमीनले राति आफ्ना साथीहरुसँग गएर महिलालाई बलात्कार गरेका हुन् ।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्