श्रीमानको मृत्यु भएकै भीरमा गएर महिलाद्वारा आत्महत्या

भासु भीरको बुट्यानमा पासो लगाएको अवस्थामा भेटिएको शव निकाल्दै प्रहरीः तस्बिर देश सञ्चार।

काठमाडौँ – कैलालीको चुरे गाउँपालिका स्थित भासु भीरमा एक महिलाले श्रीमानको मृत्यु भएको स्थानमै गएर आत्महत्या गरेकी छन् । धनगढी उपमहानगरपालिका १४ बस्ने भागरथी बिकले भासु भीरमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसअघि उनका श्रीमानको भासु भीरमा सडक मर्मतका क्रममा रोलरले च्यापेर मृत्यु भएको थियो । उनले श्रीमानको मृत्यु भएपछि क्षतिपुर्तीका लागि विभिन्न निकायमा पहल गरेकी थिइन् । आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभएपनि आइतबार मात्र बिकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

भासु भीरमा झुण्डिएको अवस्थामा रहेको शवलाई इलाका प्रहरी कार्यालय फल्टुडेले निकाल्न नसकेपछि सशस्त्र प्रहरीलाई खबर गरीएको थियो । सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले भीरबाट शव निकालेको थियो ।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्