वाइड बडी विमान प्रकरण

मन्त्री अधिकारीको दाबी–पूर्वाग्रहका आधारमा मेरो नाम जोडियो

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा आफ्नो नाम जोडिएपछि प्रष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री रवीन्द्र अधिकारी । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – नेपाल वायु सेवा निगमका लागि वाइड बडी विमान खरिदको क्रममा भ्रष्टाचार भएको र त्यसमा संलग्नता रहेको आरोप लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो प्रष्टिकरण दिएका छन् ।

संसदको सार्वजनिक लेखा समितिले अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढी भ्रष्टाचार भएको र यसमा बहालवाला मन्त्री अधिकारीसहित दुई पूर्व मन्त्री र मन्त्रालयका सचिव तथा निगमका अधिकारीको संलग्नता रहेको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।

यहि सन्दर्भमा आरोपित मन्त्री अधिकारीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी विमान खरिदको क्रममा विभागीय मन्त्रीले हैसियतले लिनु पर्ने नैतिक जिम्मेवारी बाहिक अन्य कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेका छन् । उनले विमान खरिद प्रक्रिया पूरा गरेर नै भएको दाबी पनि गरेका छन् ।

मन्त्री अधिकारीले पूर्वाग्रहका कारण आफ्नो नाम विमान खरिदमा भएको अनियमिततामा जोडिएका दाबी पत्रकार सम्मेलनमा गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले विमान खरिदका सम्बन्धमा प्रश्न गरेको भए पनि सर्वोच्च दालतले २०७४ मंसिर २७ मा गरेको आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्न मिल्ने अवस्था नरहेको मन्त्री अधिकारीले दाबी गरेका छन् । अनुमान र पूर्वाग्रहका आधारमा आफ्नो नामा जोडिएको र यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्