रोल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ-रोल्पाको लुग्री गाउँपालिका– ३ जुतुडखोलामा बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

आसिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परी लुग्रि गाउँपालीका, ३ जुतुङ निवासी ११ महिनाका वालक नितेश विक र २४ वर्षिय चालक नवराज आलेको मृत्यु भएको हो ।

स्वर्गद्धारा नगरपालीका, ५ सारी निवासी आलेलाई उपचारका लागी हस्पिटल लैँजादै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय सुलिचारले बताएको छ । सुलिचौरबाट लुग्री गाउँपालीकाको जुतुङखोला जाँदै गरेको बस दुर्घटनामा परेको स्थानिय बासिले बताए ।

बस सडकबाट करिब ५० मिटर तल खसेको अनुमान गरिएको छ। उकालो घुम्ती बाटोमा गाडिको टायस चिफ्लीयर तान्न नसके पछि बस व्याक सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी अनिल जिसीले जानकारी दिए।

बसमा ३० जना सवार रहेको बताइएको छ दुर्घटनामा परि २१ जना सामान्य घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परेका सबैको उद्दार गरि सकिएको छ।

पुस २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्