सन् २०१९ बायोपिक र ऐतिहासिक फिल्मको कब्जामा बलिउड उद्योग

२१ वर्षपछि फेरि एकसाथ हुँदैछन् माधुरी र सञ्जय दत्त!

एजेन्सी- सन् २०१९ मा बलिउड बक्स अफिस ऐतिहासिक फिल्‍मले भरिभराउ हुनेछ। किनभने त्‍यहाँ कति धेरै फिल्महरु बायोपिक हुनेछन्।

कतिपयहरु ऐतिहासिक हुनेछन्। साथै सबैभन्दा ठूलो बजेटको फिल्‍म पनि यही वर्ष आउने अनुमान भारतीय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेका छन्।

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै पहिलो महिनामै दुई वटा फिल्‍म ११ जनवरी २०१९मा रिलिज हुने तयारीमा छन्।

पहिलो, उरी- द सर्जिकल स्ट्राइक: यो फिल्‍ममा विक्की कौशल, परेश रावल तथा यामी गौतम मुख्‍य भूमिकामा देखिनेछन्। यो फिल्‍म सन् २०१६को इन्डियन आर्मीको कथित सर्जिकल स्ट्राइक जुन पाकिस्तानविरुद्ध भएको थियो, त्‍यसैमा आभारित रहेर बनाएको छ।

दोस्रो, द एक्सिडेन्टल प्राइम मिनिस्टर: यो फिल्‍ममा अनपम खेर पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको भूमिकामा देखिने छन्।यो फिल्‍म संजय बारुको कितामा आधारित हुनेछ। बारु तत्कालीन प्रधानमन्त्री मनमवहन सिंहका मिडिया सल्लाहकार थिए। संजय बारुको भूमिकामा भने अक्षय खन्‍ना देखिने छन्।

यस्तै २५ जनवरी सन् २०१९मा पनि दुई बायोपिक फिल्‍म आउँदैछन्।

ठाकरे: यो फिल्‍म दुई भाषामा रिलिज हुँदैछ, मराठी र हिन्दी। यो फिल्म शिव सेना पार्टीका संस्थापक बाल ठाकरेको जीवनीमा आधारित रहनेछ।

यो फिल्‍ममा बाल ठाकरेको भूमिकामा नवाजुद्दीन सिद्दीकी तथा उनकी पत्‍नी मीना ताईको भूमिकामा अभिनेत्री अमृता राओ देखिनेछिन्। फिल्‍मलाई बाल ठाकरेको ९३ वर्षको जन्मदिनमा रिलिज गर्ने बताइएको छ।

यस्तै अर्को फिल्‍म लिएर आउँदैछिन्, कंगना रनौत। उनको पहिलो फिल्म मणिकर्णिका-द क्विन अफ झाँसी हो।यो पनि ऐतिहासिक बायोपिक फिल्म हो, जो झाँसीकी रानी लक्ष्मी बाईको जीवनीमा आधारित रहने छ।

यो फिल्ममा रानीको झाँसीको मूख्‍य भूमिकामा कंगणा रनौत देखिनेछिन् भने उनीसँगै अंकिता लाख‌ंडे समेत भूमिकामा रहनेछिन्।

यस्तै कंगनाको अर्को फिल्‍म राजकुमार रावसँग ‘ मेन्टल है क्‍या’ २९ मार्चामा आउँदैछ। यो फिल्म एउटा ब्ल्याक एडल्ट कमेडी लिएर आउनेछिन् कंगना रनौत।

फेब्रुअरी महिनामा धेरै लामो समयपछि पर्दामा आउनेछिन् जूही चावला। एक फेब्रुअरी सन् २०१९को चर्चित विषय एलजीबिटीमा आधारित ‘एक लड्कीको देखा तो ऐसा लगा’ रिलिज हुनेछ जसमा जूही चावलाको साथै मूख्‍य भूमिकामा सोनम कपूर तथा उनको बुवा अनिल कपूर देखिनेछन्।

यस्तै सन् २०१८को जनवरीमा आएको पद्मावतको नायक रणवीर सिंहले गत वर्ष आफ्नो फिल्‍म ‘गल्लीकी बाय’को सुटिङ आलिया भट्टसँग गरेका थिए, जुन अबब आउने भ्‍यालेन्टाइन डे १४ फेब्रुअरीमा रिलिज हुनेछ।

लभको महिना मानिने फेब्रुअरीपछि एक मार्चमा एउटा रोमान्टिक कहानीमा आधारित ‘लुका छिपी’ लिएर आउनेछन् कार्तिक आर्यन तथा कृति सनोन।यसपछि आफ्‍नो फ्‍यानलाई लामो समय पर्खाउने अभिनेता अक्षय कुमार पनि यो वर्ष बुहुप्रतिक्षित धर्म प्रडक्शनको ब्‍यानरमा बनेको फिल्‍म ‘केसरी’। यो एउटा भारतीय हवलदार ईशर सिंहको कहानी हो, जसले सन् १८९७मा सारगढी युद्ध लडेका थिए। उक्त युद्धमा २१ जना शीख मानिसहरु १० हजार अफगानीहरुसँग लडेका थिए। यो फिल्‍म २१ मार्च सन् २०१९मा ठूलो पर्दामा रिलिज हुनेछ। जसमा अक्षय कुमार र परिणिति चोपडा मूख्‍य भूमिकामा देखिनेछन्।

यसका साथै यो वर्ष जुन फिल्मको सबैभन्दा धेरै चर्चा भइरहेको छ, उक्त फिल्मको नाम हो, ‘कलंक’। यो फिल्मको माध्‍यमबाट माधुरी दीक्षित तथा संजय दत्त धेरै वर्षपछि एकसाथ भेट गर्दैछन्। माधुरी र संजयबाहेक फिल्‍म कलंकमा आलिया भट्ट, सोनाक्षी सिन्हा, वरुण धवन तथा आदित्‍य राय कपूर मूख्‍य भूमिकामा छन्। फिल्‍म एउटा पिरियड ड्रामा हो जुन १९ अप्रिल सन् २०१९मा रिलिज हुनेछ।

सलमान खान सन् २०१९को इदमा एक पटक फेरि दमदार फिल्‍म लिएर आउँदैछन्। कैट्रिना कैफ तथा सलमान खान स्टार ‘भारत’ ५ जुनमा रिलिज हुनेछ।
अक्षय कुमार तथा रितेश देशमुख आगामी वर्ष हाउसफुल सिरिजको अर्को सिक्वेल लिएर आउँदैछन्।

हाउसफुल ४मा अक्षयकुमार, रितेश देशमुख, बाबी देओल, कृति सैनन,पूजा हेगडे तथा कीर्ति खरबन्दा देखिनेछन्। सन् २०१८मा जाह्नवी कपूर तथा सरा अली खानको डेब्यूपछि सन् २०१९मा नयाँ अभिनेत्री चँकी पाण्डेको छोरी अनन्‍या एक्टर टाइगर श्राफसँग ‘स्टुडेन्ट अफ द इयर-२ मा डेब्यू गर्दैछिन्। यो फिल्ममा अनन्याका साथमा तारा सुतारिया पनि देखिने छिन्।

यस्तै सन् २०१९को अन्ति तर ठूलो पर्दाको फिल्‍म ब्रह्रास्त्र पनि बहुप्रतिक्षित फिल्म मानिएको छ।जबदेखि रणबीर कपूर र आलिया भट्टले डेटमा जान सुरु गरेका थिए। यो फिल्‍म २० डिसेम्बरमा रिलिज हुनेछ। यो एउटा सुपरहिरो फिल्म हो जसमा रणवीर कपूर, आलिया भट्ट, अमिताभ वच्चन, डिम्पल कपाडिया तथा नागार्जुन मूख्‍य भूमिकामा देखिनेछन्।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्