करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

धनगढी- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्।

२०५३ साल फागुन २१ गते जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना १९ दिन कैद तोकिएपछि फरार रहेका कैलालीको कैलारी गाउँपालिका वडा न.७ बस्ने वर्ष ५२ को वीरु कामीलाई पक्राउ गरिएको हो।

मगलवार पक्राउ परेका कामीलाइ कैद भुक्तानको लागी कैलाली कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पुस २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्