१२ वर्षपछि पुरानै क्लब फर्किए पेपे

पोर्चुगलका डिफेन्डर पेपे आफ्नो पुरानो क्लब पोर्टोमा पुनः अनुबन्धित भएका छन् । क्लब छोडेको १२ वर्षपति पेपेले पोर्टोसँग साढे दुई वर्षको सम्झौता गरेका हुन् ।

३५ वर्षका पेपेले पोर्टोमा तीन सिजन बिताएका थिए र दुईपटक लिग उपाधि जितेका थिए । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिड गए र त्यहाँ एक दशक बिताए ।

पोर्चुगलबाट १०३ खेल खेलेका पेपेले रियल मड्रिडमा रहेका बेला तीनपटक ला लिगा तथा तीनपटक च्याम्पियन्स लिगको उपाधि जिते । उनले सन् २०१७ मा टर्किस क्लब बेसिक्टास गए । उनले गएको डिसेम्बरमा बेसिक्टास छोडेका थिए ।

अब उनी १२ वर्षअघि आफूले छोडेको क्लब पोर्टो फर्किएका छन् । उनी पोर्टोमा रियल मड्रिडका साथी खेलाडी इकर कासिलाससँग भेट भएका छन् । उनीहरु फेरि एउटै क्लबबाट खेल्ने भएका छन्।

साबिक विजेता पोर्टो पोर्चुगिज प्रिमियरा लिगमा अहिले शीर्षस्थानमा छ र उ दोस्रो स्थानको टिम भन्दा ६ अंकले अघि रहेको छ ।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्