डिशहोमको ‘डिशहोम उज्वल भविष्य’ योजना सार्वजनिक

काठमाडौँ – नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्‍याएर संचारको क्षेत्रमा उल्लेखनीय काम गरेको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रमल्याएको छ ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

डिशहोमले यस योजना अन्तर्गत बाराको सिम्रौनगढ स्थित श्री कंकाली उच्च माध्यमिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

उनीहरूलाई आवश्यक शैक्षिक सामग्रीसहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपी वितरण गरिएको डिशहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले जानकारी दिए ।

डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ ।

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्