टाटा मोटर्सले ल्यायो नेपालको युथ कम्प्याक्ट युटिलिटी भेइकल

काठमाडौंः टाटा मोटर्सले नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिसँग बुधबार प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई नेपालको सबैभन्दा योङगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल ९सीयुभी को सार्वजनिक गरिएको हो । स्तरीय डिजाइन र प्रविधिका कारणले गर्दा, टाटा एनआरजीले पूर्ण रूपमा नयाँ कथा निर्माण गर्नेछ ।

१।२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ( मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । आजबाट विक्री शुरू गरिउको टाटा एनआरजी काठमाडौंको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ।

अर्को स्तरीय उत्पादनको परिचयमा टिप्पणी गर्दै टाटा मोटर्सको, इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख श्री सुजन रोयले भने, ‘हाम्रो ब्रान्ड प्रतिज्ञा आकांक्षाहरू जोड्दै ९कनेक्टिङ एस्पिरेसन्स’ सँग मिल्ने गरी, हामीले एसयूभीजस्तो सवारी साधन बजारमा ल्याउने बढ्दो ट्रेन्डसँग अगाडि बढ्न चाहिरहेका छौं।

यो चाहनालाई पुरा गर्न, हामीले आज ‘नेपालको सबैभन्दा योङगेस्ट सीयुभी’को रूपमा टाटा एनआरजी सार्वजनिक गरेका छौं। कठीन सडकमा पनि राम्रोसँग गुड्न सक्ने कारको अद्वितीय क्षमताले बजारलाई आकर्षण गर्नेछ र नयाँ क्रेताहरूलाई समेट्नका लागि बाटो खुला गर्नेछ । हाम्रा ग्राहकहरूले टाटा एनआरजीको कठीन सडक अवस्थामा पनि राम्रोसँग गुड्न सक्ने क्षमता र नयाँ रूपलाई मन पराउनेमा हामी ढुक्क छौं।’

सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले भने, ‘केही फरकको खोजीले टाटा एनआरजी निस्कियो । बेजोड डिजाइन र प्रविधी रहेको यो एसयूभी प्रेरित साधनलाई हाम्रा ग्राहकहरूले धेरै मन पराउने र यसले हाम्रो बजार हिस्सा बढाउन सहयोग गर्ने र गुणस्तरीय यात्रा उपाय उपलब्ध गराउने हाम्रो प्रतिबद्धताका लागि चाहना हुनेमा हामी ढुक्क छौ।’

पुस २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्