ऋतिकको जन्मदिनमा पूर्वपत्‍नी सुजैनको शुभकामना

बलिउड अभिनेता ऋतिक रोषण आजबाट ४५ लागेका छन्। उनलाई सामाजिक सञ्जालमा चलचित्र क्षेत्रदेखि फ्यानहरुले शुभकामना दिएका छन्। उनलाई जन्मदिनको शुभकामना दिनेमा पूर्वपत्नी सुजैन खान पनि छन्, जसको शुभकामना अहिले चर्चामा छ।

गएको वर्ष ऋतिकको चलचित्र क्षेत्रमा केही चमत्कार नभएपनि पारिवारिक रुपमा उल्लासपूर्ण वर्ष रह्यो। उनले आफ्नो परिवारसँग समय बिताए साथै चलचित्र सुपर ३० को लागि पनि राम्रो सुटिङ गरे र परिवारसँगको सम्बन्धलाई प्रगाढ बनाए।

ऋतिकले गर्मीको छुट्टीलाई उल्लासपूर्ण तरिकाले मनाए। छुट्टीमा उनका दुई छोरा ऋदन र रेहानसँगै पूर्वपत्नि सुजैन पनि थिइन।

चार वर्ष अगाडि अभिनेत्री कंगना रनावतसँगको सम्बन्धको बारेमा चर्चा भएपछि ऋतिक र सुजैनले सम्बन्ध बिच्छेद गरेका थिए। तर यी दुईलाई धेरैजसो सँगै भेटिने गरेको छ।

सुजैन खानले रितिकसँग खिचिएको तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै बेस्ट फ्रेन्ड फरएभर भनेर शुभकामना दिएकी छिन्। पछिल्लो समय धेरैजसो कार्यक्रममा पनि सँगै पुग्ने ऋतिक र सुजैनको पुर्नमिलन हुने अनुमान पनि गरिएको छ।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्