बासु थापा बने ‘लखपति एक्स्प्रेस’ योजनाको पहिलो विजेता

काठमाडौं– सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको पहिलो महिनाको विजेता बासु थापा क्षेत्री बनेका छन्। कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको एक लाख रुपैयाँको मासिक लक्की ड्र«मा परी बासु विजेता घोषित भएका हुन्।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्तान्तरण गरेका छन्।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक दुई सय रुपैयाँको मोबाइल टप अप १२ जनालाई, साप्ताहिक तीन जना विजेताले दश हजार रुपैयाँको र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्ने छन्।

उपहार योजनाको अन्त्येमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२ औं बर्ष प्रवेश गरेको उपलक्षमा १२ लाख रुपैयाँ जित्न सक्ने घोषणा गपिरएको छ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजारका दरले जितिसकेका छन्।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो।

 

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्