पृथ्वीजयन्तीमा नेपालगञ्‍जमा सार्वजनिक बिदा

नेपालगञ्‍ज-नेपालगञ्‍ज उपमहानगरपालिकाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको कार्यपालिकाको बैठकले पौष २७ गते पृथ्वीजयन्तीको अवसरमा उपमहानगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। पृथ्वीजयन्तीको अवसरमा नगरपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत यस उपमहानगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बिदा रहने मेयर धवलशमशेर राणाले बताए।

राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै पौष २७ गते पृथ्वीजयन्तीमा सरकारले नै सार्वजनिक बिदा दिनु पर्ने आवाज उठिरहेको बेलामा नेपालगञ्ज उपमहानगरपालिकाले एक कदम अघि बढेर निर्णय गरेको छ।

राप्रपाका पदाधिकारीसमेत रहदै आएका मेयर राणाले मेयर जितेर पदभार ग्रहण गर्दा नै आफू बस्ने कुर्सीमाथि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेका थिए।त्यो अहिले पनि छदैछ। राष्ट्रपतिको तस्बिर नराखेर मेयर राणाले राजाको तस्बिर राखेको भन्दै बेलाबेलामा आलोचना गर्ने गरिन्छ।

यसैबीच, पृथ्वीजयन्ती मनाउन राजावादीहरु जुटेका छन्।नेपाल विद्वत परिषदका दीपकबहादुर सिंहले पृथ्वी जयन्तीमा भोली शुक्रबार धम्बोझीचोकमा कार्यक्रम गरिने बताएका छन्।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू