आयोजक वीरगञ्‍जलाई इन्डो नेपाल तेक्वान्दोको उपाधि

वीरगञ्‍ज- प्रथम इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता २०७५को उपाधि आयोजक वीरगञ्‍जले उचालेको छ।

बिहीबार सम्पन्न भएको बिरगञ्जको नगरसभागृह (टाउन हल)मा आयोजक टिम वीरगञ्‍जले ४ स्वर्ण,२ रजत र १ कास्य पदक सहित प्रथम भएको छ।भारतको बिहार टिमले ३ स्वर्ण ,२ रजत र ३ कास्य पदक सहित दोस्रो स्थान हासिल गर्दा सशस्त्र प्रहरीको टिमले २ स्वर्ण ,१ रजत र ३ कास्य गरि तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगताको उत्कृष्ट खेलाडी महिलातर्फ आयोजक टिम बिरगञ्जकी नाजिया सिद्दीकी र पुरुषतर्फ उत्कृष्ट खेलाडी भारत बिहारका बिपुल कुमार भएका छन्।
दुवै खेलाडिद्वयले २१“ ईन्चको एक एक थान एलइडी टिभी पुरस्कार पाएका छन्।

यस्तै प्रतियोगता अन्तर्गत ४६ केजी तौलमुनिको महिलातर्फ नाजिया सिद्दिकी प्रथम ,६३ बर्ष मुनिको तौलमा पुरुषतर्फ बिक्रान्त ढुङेल प्रथम ,३४ बर्षमुनिको समूहमा धर्मराज प्रजापति र ४५ केजी मुनिका समूहका अफताब आलम प्रथम भए।

अमृता तामाङ र महमद सोहेब अख्तर दोस्रो र कबिराज थिङ तेस्रो भएको आयोजक टोलीका संयोजक शिवशंकर पटेलले जानकारी दिए।

प्रतियोगिता अन्र्तगत नेपालका ७ वटै प्रदेश ,नेपाली सेना,सशस्त्र प्रहरी नेपाल र आयोजक बीरगञ्ज गरी ११ टिमको सहभागी रहेको थियो।

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू