राजकृष्णका परिवारलाई एनआइसी एशिया बैंकले दियो ५ लाख

काठमाडौं– एन आई सी एशिया बैंकले “प्रिमियम समुन्नती बचत खाता” खोलेका राजकृष्ण श्रेष्ठको परिवारलाई ५ लाख रुपैयाँको बिमा भुक्तानी गरेको छ।

यो खाता खोल्दा खाता खोल्दा ५ लाख रुपैयाँ बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले बिमाको क्षतिपुर्ति बापतको रकम राजकृष्णका छोरा रजत कृष्ण श्रेष्ठलाई ५ लाखको चेक बैंकले हस्तानतरण गरेको हो । राजकृष्णको गत कात्तिक २० गते दुर्घटनामा परेर निधन भएको थियो।

चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले बिहिबार हस्तान्तरण गरेका हुन् । राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा थोरै भएपनि मलम लगाउन सकेको बताए।

एनआइसिका देशभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग इकाई रहेका छन्। देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलात २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले दावी गरेको छ।

 

पुस २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्